काठमाडौं, ३१ वैशाख । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले काग्रेंस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
हिजो मात्र राईविरुद्ध कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरेको थियो ।
यद्यपी, उनीविरुद्ध मुद्दा दायर भएको भोलिपल्टै उनलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । बुधबार अर्थात् आज बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।