FLASH NEWS

जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ


नेपाल आवाज २ जेष्ठ २०८२, बिहीबार १२:११ मा प्रकाशित ३७ पाठक संख्या

काठमाडौं, १ जेठ । नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।


नेपाली समय अनुसार सो खेल १२ः ३५ बजेदेखि शुरु हुनेछ ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ ।

नेपाली टोलीः
लइन्दु बर्मा (कप्तान)  पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा