FLASH NEWS

नेपालले बहराइनलाई हरायो, विश्वकपको टिकट हङकङको हातमा


नेपाल आवाज २ जेष्ठ २०८२, बिहीबार १६:१९ मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौ, १ जेठ । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनमाथि सहज जित दर्ता गरेको छ । आज भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।


अब नेपालको विश्वकप यात्रा हङकङको हातमा छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ । अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भएमात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।

वर्षाले खेल विथोलेका कारण ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको नेपालले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान इन्दुले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरेर २४ रन जोडिन् । पूजा महतोले ११ बलमा १३ रन बनाइन्।

बलिङमा पवित्र शेट्टीले ३ विकेट लिइन् । त्यसअघि बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । रासिका रोड्रीगोले २४ रन तथा दीपिका रसंगिकाले २३ रन जोड्दा बहराइनले राम्रो सुरुवात पाएको थियो ।