FLASH NEWS

बालेनको बोल्ड डिसिजनः फेरे ४ वटा समितिका संयोजक


नेपाल आवाज २ जेष्ठ २०८२, बिहीबार २२:५६ मा प्रकाशित ३१ पाठक संख्या

काठमाडौं, १ जेठ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।


सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विधायन समितिका संयोजक मचाराजा महर्जनको जिम्मेवारी हेरफेर गरिएको हो ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।

जस अनुसार सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापती, सुशासन समितिका संयोजक दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद कुमार राजभण्डारी र विधायन समितिका रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।