FLASH NEWS

कांग्रेसले बोलायो संसदीय दलको बैठक


नेपाल आवाज ३ जेष्ठ २०८२, शुक्रबार ०९:५८ मा प्रकाशित ३७ पाठक संख्या

काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।


कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।