FLASH NEWS

मध्यपहाडी लोकयात्रामा माओवादीः ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन


नेपाल आवाज ३ जेष्ठ २०८२, शुक्रबार १३:३२ मा प्रकाशित ४३ पाठक संख्या

काठमाडौं, २ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् ।


प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँग कुराकानी भएको बताए । उनले डडेलधुरामा न्यानो स्वागत पाएको सुनाए ।

उनले पत्रकारहरुसँग भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो । डडेलधुरामा स्वागत भन्नुभएको छ ।’

उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् । उनले कांग्रेसका पुराना नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको सुनाए ।

यसअघि १५ मंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका थिए ।

मेची-महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवाकै गृहजिल्ला पुगेर फोनमा कुराकानी गरेका थिए ।