FLASH NEWS

सूर्यदर्शन सहकारी ठगीस् रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


नेपाल आवाज ३ जेष्ठ २०८२, शुक्रबार १६:३८ मा प्रकाशित ४९ पाठक संख्या

पोखरा, २ जेठ । सूर्यसहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दोस्रो दिन पनि सुनुवाइ सकिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।


जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडी बढेको हो ।

न्यायाधीश रत्नबहादुर बागचन्द र मिलन कुमार राईको इजलासमा बिहीबारदेखि नै सुनुवाइ अगाडी बढेको हो ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल र लिला पछाइले पनि जिल्ला अदालतको आदेश बदरको माग गरेका छन् ।

बिहीबारदेखि नै सुनुवाइ अगाडी बढेको भएपनि रवि लामिछानेका कानुन व्यवसायीले भने आफूहरुलाई थाहै नदिई सुनुवाइ अगाडी बढाएको भन्दै इजलासमा शुक्रबार प्रस्न उठाएका थिए । पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र शुशीलकुमार पन्तले यसरी थाहै नदिई सुनुवाइ अगाडी बढाउन नमिल्ने बताए ।

तर अदालतले भने पेशी तोक्दै पहिले नै उनीहरुको समेत सहमतीमा तोकिएको जनाएको छ । अब बाँकी प्रतिवादीहरुको तर्फबाट आइतबार पनि बहस हुनेछ । यसअघि बुटवलको सुप्रिम सहकारीको ठगीमा उक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। लामिछाने रुपन्देही कारागारमा छन् ।