काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनी थुनामुक्त पनि भइसकेका छन् । उनी ५०औैँ दिनमा रिहा भएका हुन् ।