काठमाडौं , २ जेठ । हावाहुरीका कारण काठमाडौं उपत्यकामा विमान उडान र अवतरणमा समस्या भएको छ । मौसम प्रतिकूल बन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ उडान र अवतरणमा समस्या भएको हो । शुक्रबार साँझ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, हावाहुरीले गर्दा उडान र अवतरणमा समस्या भएको छ । भिजिबिलिटी समस्याले गर्दा काठमाडौंबाट उड्ने र अवतरणमा समस्या भएको उनले बताए । केही जहाज आकासमा होल्ड भएको उनले जानकारी दिए ।