FLASH NEWS

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर


नेपाल आवाज ५ जेष्ठ २०८२, आईतवार २०:२३ मा प्रकाशित ४३ पाठक संख्या

काठमाडौं, ४ जेठ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।


उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसला बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।

विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो। तामाङको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरेको हो ।