मिति: · Sunday, 29 November 2026
खबरहरु

मुख्य समाचार

राइड सेयरिङको अफलाइन बार्गेनिङ, बढी भाडा लिए जानकारी दिन प्रहरीको अनुरोध

यो समाचार मन पर्‍यो? साथीहरूलाई पनि पढाउनुहोस्।

सेयर गर्नुहोस्
X WhatsApp Viber
|
मा प्रकाशित
|
१ मिनेट पढ्ने समय

काठमाडौं, १९ जेठ । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् । सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन् ।

बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ । यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, ‘विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

Comments / प्रतिक्रिया

Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

↑