मिति: · Sunday, 29 November 2026
खबरहरु

Flash News

एउटै प्रहरी कार्यालयभित्र सयौं पूराना मुर्तिहरु ! किन गरिएन आजसम्म मन्दिरमा फिर्ता ?

यो समाचार मन पर्‍यो? साथीहरूलाई पनि पढाउनुहोस्।

सेयर गर्नुहोस्
X WhatsApp Viber
|
मा प्रकाशित
|
१ मिनेट पढ्ने समय

काठमाण्डौ।
धार्मिक, अध्यात्मिक तथा सांस्कृतिक अभियन्ता यादव लाल कायस्थले एक भिडियो सार्वजनिक गर्दै काठमाण्डौको महेन्द्र पुलिस क्लबभित्र सयौं संख्यामा पुराना मूर्तिहरु सिसामा थुनिएको देखाएका छन्।

उक्त भिडियोमा देखिएका मूर्तिहरु लामो समयदेखि प्रहरी नियन्त्रणमा राखिएको अनुमान गरिएको छ। चोरी वा तस्करीमा संलग्न व्यक्तिबाट जफत गरिएका यी सम्पदा मूल स्थानमा फिर्ता नगरिएको भन्दै उनले गम्भीर प्रश्न उठाएका छन्।

अभियन्ता कायस्थले भनेका छन् —
“यी मूर्तिहरु किन फिर्ता गरिएनन्? कसको सम्पत्ति हो यो ? के राज्यले यसरी आस्था, संस्कार र संस्कृतिसँग खेलवाड गर्न मिल्छ?”

तर यसबारेमा प्रहरी वा सम्बन्धित निकायले अहिलेसम्म कुनै स्पष्टीकरण दिएको छैन।

विशेषज्ञहरुका अनुसार, मूर्ति जफत भए पनि त्यसलाई मूल मन्दिर वा सम्पदास्थलमै फिर्ता गर्नु राज्यको जिम्मेवारी हो। तर प्रहरीकै खोरमा कैदीझैं थुनिएको अवस्थामा राखिनुले संस्कृति र सभ्यताको अपमान भएको आरोप लागिरहेको छ।

भिडियो 

https://nepalawaj.com/wp-content/uploads/2025/08/WhatsApp-Video-2025-08-18-at-10.26.32_a3b0f95d.mp4

प्रतिक्रिया दिनुहोस्

?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

Comments / प्रतिक्रिया

Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

↑