FLASH NEWS

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन


नेपाल आवाज ९ माघ २०७९, सोमबार १७:५९ मा प्रकाशित ४०८१ पाठक संख्या

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो । हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।


कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ: कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोही स्थानका २२ वर्षीय जीवन कार्की रहेका छन् ।

कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१७ मझगाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिको प्रहरीले जनाएको छ ।