FLASH NEWS

आजकाे बिनियम दरः अमेरिकी डलरसंगै युरो पनि उकालोमा


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार ११:०१ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरमा ३६ पैसाले वृद्धि भएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।  सोमबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९ पैसा ताेकेकाे छ । सोमबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६  पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले उकालो लागेको हाे । यस्तै, मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा पाइन्छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २ पैसा र बिक्रीमा ३६ रूपैयाँ १८ पैसा छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा ताेकिएछ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ २७ पैसा र बिक्रीमा ३० रूपैयाँ ४१ पैसा पाइन्छ। उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ८९ पैसा तोकिएको छ।