FLASH NEWS

सुन किन्ने होइन त,आज ह्वातै घटयो सुनको भाउ


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार ११:३६ मा प्रकाशित २३३७१ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।