कोलकाता । केन्द्रीय गृह राज्यमन्त्री निसिथ प्रामानिक माथी पंश्चिम बंगालमा ढुंगामुढा भएको छ । पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गा मुढाको सामाना गर्नु परेको हो । प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफु माथी आक्रमण गरेको आरोप लगाएका छन । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन् । ‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने ।