FLASH NEWS

पल शाहकाे मुद्वाकाे सुनवाई सकियाे, सफाईको आशामा पल शाह


नेपाल आवाज १४ फाल्गुन २०७९, आईतवार १८:०९ मा प्रकाशित १४४७ पाठक संख्या

पोखरा ।  कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।


उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीकाे भीड लागेकाे छ ।

कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनह्ँ जिल्ला अदालतले यस अघि सफाई दिइसकेको छ ।

उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्ष पछि कारागार मुक्त हुने छन, पाएनन भने थप डेढ बर्ष कारागारमा रहनु पर्ने छ ।