FLASH NEWS

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि


नेपाल आवाज २१ फाल्गुन २०७९, आईतवार १९:०९ मा प्रकाशित १८५५ पाठक संख्या

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबार देखि परीक्षा सुरू हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।


लागूऔषधसहित अत्तरियाबाट एक महिला पक्राउ: कैलालीमा गोदावरी नगरपालिकाको अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागूऔषधसहित पक्राउ परेकी छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् ।उनी ३१ ग्राम लागूऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन्। उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरिएको बताइएको छ ।