FLASH NEWS

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १२:०९ मा प्रकाशित २१४९ पाठक संख्या

काठमाडौं, ७ चैत । नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  सोमबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो।

सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुग्यो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।