FLASH NEWS

साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु


नेपाल आवाज १४ चैत्र २०७९, मंगलवार ११:१३ मा प्रकाशित १८२५ पाठक संख्या

ताप्लेजुङ, १४ चैत । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ।


आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीर बहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो ।

सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुर लाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि सदरमुकाम लगिनेछ ।