FLASH NEWS

कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ : उपप्रधानमन्त्री खड्का


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार १४:४९ मा प्रकाशित २३८९ पाठक संख्या

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक रहेको बताएका छन्।


गृह जिल्ला सुर्खेत पुगेका उनले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था भएको बताए। उनले यसबाट मुक्त हुनेगरी सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको तयारी गर्ने पनि उनले बताए।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ, यसबाट मुक्त हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछ,’ उनले भने।

न्यूनतम साझा कार्यक्रमको जगमा नीति, बजेट तथा कार्यक्रम ल्याउने जनाउँदै उपप्रधानमन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिबद्धताका आधारमा अगाडि बढ्ने बताए।

प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि मुलक बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र मुलुकको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने खड्का बताए ।