FLASH NEWS

अमेरिकी डलरस‌ँगै युरोको भाउमा उकालो लाग्यो


नेपाल आवाज २९ चैत्र २०७९, बुधबार ०९:०४ मा प्रकाशित २१५५ पाठक संख्या

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।


बुधबार अमेरिकी डलरको भाउमा उकालो लागेको छ । आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको थियो ।

बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३७ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

बुधबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ । उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ ।