FLASH NEWS

डिपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताबाट दिए राजीनामा


नेपाल आवाज १६ बैशाख २०८०, शनिबार २३:१३ मा प्रकाशित १६३९ पाठक संख्या

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्याल (डिपी) ले राजीनामा दिएका छन्।


सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि सांसद सहित सभापति पदसमेत गुमाएपछि अर्याल संसदीय दलको नेता बनेका थिए ।

उपनिर्वाचनमार्फत लामिछाने पुन सांसद बनेर आएसँगै अर्यालले राजीनमा दिएका हुन् । अब लामिछानेनै संसदीय दलको नेता बन्नेछन् ।

अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको हो ।