FLASH NEWS

अयोग्य लडाकुलाई दिने भनिएको रकम छिटो दिनुपर्छ: देवेन्द्र पौडेल


नेपाल आवाज १८ बैशाख २०८०, सोमबार १२:५८ मा प्रकाशित १४४७ पाठक संख्या

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरूलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन्।


उनले सो निर्णय यस अघिकै सरकारहरुले गरेको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए।

पौडेलले काठमाडौँमा पत्रकारसँग कुराकानी गर्दै आयोग्य लडाकुहरूलाई २ लाख रुपैयाँको दरले दिँदा करिव एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए।

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको उल्लेख गर्दै उनीहरुको योगदानको सम्मान हुनुपर्ने बताए।

सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिँदा देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने बताए।