FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै आज अदालत लगिँदै


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १३:३३ मा प्रकाशित २८२१ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने चाँजोपाँजो मिलाउँदै ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका १४ जनालाई नै प्रहरीले आज अदालतमा उपस्थित गराउन लागेको हो।

पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिए पनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्न लागेको हो।

हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयान पनि आज लिने तयारी रहेको बताइएको छ।

हालसम्म पक्राउ पर्नेहरूमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी‍,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डे,तत्कालीन निजी सचिव नरेन्द्र केसी,टोपबहादुरका छोरा सन्दीप रायमाझी,कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा,तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल,सानु भण्डारी सन्देश शर्मा,सागर राई,टंक गुरुङ रहेका छन् ।