FLASH NEWS

सशस्त्र प्रहरीका इन्स्पेक्टर खड्कालाई कारबाही, तीन वर्ष बढुवा रोकियो


नेपाल आवाज ८ जेष्ठ २०८०, सोमबार २१:०७ मा प्रकाशित २५१५ पाठक संख्या

काठमाडौं – सशस्त्र प्रहरीका एक जना निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन्।


चारण विपरित कार्य गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको हो। उनको तीन वर्ष बढुवा रोक्का गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण  रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली अनुसार कारबाही गरिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनलाई २०८० जेष्ठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारबाही गरिएको हो।