FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ


नेपाल आवाज १२ जेष्ठ २०८०, शुक्रबार २२:२३ मा प्रकाशित २१२५ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी  दिएको छ ।

स्रोतका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको हो ।

पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ । लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।