FLASH NEWS

रेशम चौधरीसहित १९ जनालाई आममाफी


नेपाल आवाज १५ जेष्ठ २०८०, सोमबार ००:१४ मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित १९ जनालाई कैद सजाय माफी दिएका छन् ।


आइतबार मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा रेशम चौधरीलगायत १९ जनालाई आममाफी र ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका छन् । सजाय माफी पाएकाहरू सोमबार गणतन्त्र दिवशको अवसरमा रिहा हुनेछन् ।

दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा

तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा चोधरी जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।

पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।