FLASH NEWS

नागरिकताको विषयमा प्रतिपक्षी दलको संसदमा अवरोध


नेपाल आवाज २१ जेष्ठ २०८०, आईतवार १३:०२ मा प्रकाशित २५६३ पाठक संख्या

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय विधेष्यक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् । आइतबार बसेको बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले उठेर बैटक अवरुद्ध गरेका हुन् ।


बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संविधान पालना नगर्नेगरी संविधानलाई मिचेर अघि बढ्ने, राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने काम सरकारको तर्फबाट भइरहेको बताउँदै राष्ट्रपतिले प्रमाणिकरण गरेको निष्क्रिय बिधेयक रद्ध गर्न माग गरे । उनले एक साताभित्र नयाँ बियधेक संसदमा दर्ता गरेर संवैधानिक बाटोबाट पारित गर्न माग गरे ।

सरकारले सुल्टो बाटो नहिँडि उल्टो बाटो हिँडेको भन्दै उनले जेठ १२ गते मन्त्रीपरिषदले निर्णय गरेर राष्ट्रपतिलाई पत्र लेखेर पठाएको र राष्ट्रपतिले पुरानो फाइल खोजेर किर्ते गरी असंवैधानिक काम गरेको बताए ।

प्राधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध गरे । राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको उनले बताए ।

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नाराबाजी गरेका थिए । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ दिन रुलिङ गरेपछि पनि संसद्मा नाराबाजी नरोकिएपछि एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए ।