FLASH NEWS

स्वर्गद्वारी दर्शन गरेर फर्केको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु


नेपाल आवाज २९ जेष्ठ २०८०, सोमबार १८:२१ मा प्रकाशित १६२७ पाठक संख्या

काठमाडौं – प्यूठानमा कार दुर्घटना हुँदा आठजनाको ज्यान गएको छ। लु १ च ६३४५ नम्बरको  कारमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ।


स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको कार स्वर्गद्वारी नगरपालिका- ४ उपल्लो भिङ्ग्री नजिकै टाकुरा भन्ने ठाउँको भीरबाट खस्दा त्यसमा सवार सबै  ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल रोडमा खसेको प्रहरीले जनाएको छ। कारमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । कार तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको हो ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल बिजुवार पुर्‍याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ । १ जना बालकको भने सनाखत हुन बाँकी रहेको छ ।