FLASH NEWS

मूल्य नपाएको भन्दै कालीमाटीका किसान र व्यापारीले सडकमा फ्याँके गोलभेँडा


नेपाल आवाज ३ असार २०८०, आईतवार १२:१२ मा प्रकाशित १९५१ पाठक संख्या

काठमाडौं – मूल्य नपाएको भन्दै काठमाडौंको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फ्याँकिएको छ ।


कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फ्याँकेका हुन्। गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएको थोक व्यापारी भगवानचन्द्र उप्रेतीले बताए ।

भारतीय गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ । सडकमा फालिएको गोलभेँडा हटाउन बिहान एक्स्काभेटरको प्रयोग गरिएको थियो । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसान र व्यापारीसँग छलफल गरिरहेको छ ।

समितिका अनुसार कालीमाटी बजारमा अहिले सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य छ । यस्तै, भारतीय ठूलो गोलभेँडा भने किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ ।