FLASH NEWS

भोलि समाजवादी मोर्चा घोषणा गर्ने सहमति


नेपाल आवाज ३ असार २०८०, आईतवार १४:२८ मा प्रकाशित २१३१ पाठक संख्या

काठमाडौं – नेकपा माओवादी केन्द्रसहितका दलहरूकाे समाजवादी मोर्चा भोलि घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ ।


नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको हाे।

बालुवाटारमा आज (आइतबार ) दलहरू समाजवादी मोर्चाबारे छलफल गर्दै यस्तो सहमति जुटेको हो ।

आज चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिबमोजिम समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुनेछ । उक्त मोर्चामा नेपाल समाजवादी पार्टी पनि सहभागी हुने भनिएको थियो । तर, आज चार दलका शीर्ष नेताहरुको मात्रै बैठक बसेको हो । त्यसमा बाबुराम भट्टराई मिसिएका थिएनन् ।

एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले संविधानबमोजिम सरकारलाई सफल बनाउन चार दलबीच समाजवादी मोर्चा घोषणा हुने बताए। उनले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम लगायतलाई पनि समेट्ने जानकारी दिएका छन् ।

मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।