FLASH NEWS

बाग्लुङको काठेखाेलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


नेपाल आवाज ६ असार २०८०, बुधबार ११:३५ मा प्रकाशित २११३ पाठक संख्या

पोखरा – बाग्लुङको काठेखोलामा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बाग्लुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।


दुर्घटनामा मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका१० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।

प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक मदन केसीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको कारण खुलिसकेको छैन ।

उनका अनुसार जीप मध्यपहाडी लोकमार्गदेखि ५०० मिटर तल खोँचमा खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।