FLASH NEWS

के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)


नेपाल आवाज ६ असार २०८०, बुधबार २२:४९ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं –  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।


महानगरको नगर सभा तथा १३औं अधिवेशनमा मेयर बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

शाहका अनुसार स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विषेष नीति तथा कार्यक्रम ल्याएको छ ।

महानगरले ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० वटा गौरवका योजना अघि सारेको छ । त्यस्तै महानगरबासीका दिनदैनिक समस्या समाधानका लागि स्वर्णिम योजना ल्याइएको छ ।

महानगरका पक्की सडक रुपान्तरण र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौंलाई गौरवको योजनामा राखिएको छ ।

स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरूलाई प्राथमिकता प्राप्त योजनाका रूपमा कार्यान्वयन गरिनेछ पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, २० वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।