FLASH NEWS

चीनको निन्गशिया शहरमा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु


नेपाल आवाज ७ असार २०८०, बिहीबार १०:५५ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं – चीनको उत्तरपश्चिमी भागको निङ्जिया शहरमा बुधबार राति ठूलो ग्यास विष्फोटमा परी हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको छ।


समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्यूजलाई उद्धृत गर्दै ३१ जनाकाे मृत्यु भएकाे जनाएकाे हाे।

विष्फोट निंगसिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो। र, यो विस्फोटको कारण एलपिजी ग्यास चुहिएपछि विष्फाेट भएकाे बताइएको छ।

विस्फोटमा परी सात जना घाइते भएका छन्। घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेको छ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार चिनियाँ राष्ट्रपती सि चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाएका छन्।

उनले महत्वूर्ण उद्योग तथा व्यापारिक क्षेत्रमा यस्ता खालका दुर्घटना हुन नदिन आवश्यक सतर्कता अपनाउनु पनि निर्देशन दिएका छन् ।

यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन्। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।