FLASH NEWS

पोखरामा चट्याङ लागेर एकजनाको मृत्यु


नेपाल आवाज १० असार २०८०, आईतवार ११:०१ मा प्रकाशित १७७७ पाठक संख्या

पोखरा – काकास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराति करिब साढे ११ बजे चट्याङ लाग्दा स्थानीय ४९ वर्षीय देव बहादुर विकको मृत्यु भएको हो ।


उनलाई आफ्नै घरमा ढोका लगाउने क्रममा चट्याङ लागेको थियो । त्यसपछि बेहोस् भएका उनलाई अस्थायी प्रहरी पोष्ट बाम्दीको टोलीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । सो अस्पतालका डाक्टरहरुले चेकजााच गर्ने क्रममा आज बिहान २ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति नै चट्याङ लागेर दाङ र बागलुङमा २-२ जनाको मृत्यु भएको थियो । दाङको दंगीशरण गाउापालिका-३ का ३७ वर्षीय रामनारायण चौधरी र वडा नम्बर ६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको थियो । यसैगरी बागलुङको ढोरपाटन नगरपालिका-५ चित्रबहादुर विककी नौ वर्षीया छोरी सुनिता र ६ वर्षीय छोरा दिनेशको पनि चट्याङ लागेर मृत्यु भएको थियो ।