FLASH NEWS

कांग्रेस सांसदको प्रश्न– पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नाम लेखेको जलहरीबाट झरेको पानी खानुपर्ने हो ?


नेपाल आवाज ११ असार २०८०, सोमबार २०:५६ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडाैं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन्।


सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो? भन्दै प्रश्न गरे।

‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौँ। हामीलाई झुटको राजनीति गर्नु छैन। तर, त्योभन्दा ठूलो कुरा भनेको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ। यो बाध्यता किन गरियो? महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ? यसमा छलफल गर्नुपर्छ। सत्यतथ्य ल्याओस्,’ उनले भने।