FLASH NEWS

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु


नेपाल आवाज १६ असार २०८०, शनिबार १३:१४ मा प्रकाशित १८८५ पाठक संख्या

काठमाडौं – ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ ।


सूर्यविनायक नगरपालिका-९ पलासेमा स्थानीय ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।