FLASH NEWS

बालेनको आरोप- भारतीय गुलामहरुले देश चलाउँदै छन्


नेपाल आवाज २१ असार २०८०, बिहीबार २२:०७ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको आरोप लगाएका छन् ।


उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछन् र म मात्र विरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’

उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’