FLASH NEWS

हामीलाई जनताको पूर्ण समर्थन छ, सरकार ढल्दैन : संचारमन्त्री शर्मा


नेपाल आवाज २२ असार २०८०, शुक्रबार १३:४० मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेकी छन्।


प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा सरकारकी प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरीन्।

‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ।

सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ, मन्त्री शर्माले भने,‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन। सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन। राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन।’

संसद्मा विपक्षी दलले असान्दर्भिकरूपमा विषयवस्तु उछालेर गतिरोध गरेकामा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उनको भनाइ थियो।

उनले सदनमा उठाइएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्न समय मागेकाले त्यसपछि गतिरोध हट्ने विश्वास व्यक्त गरे।

उनले भनिन्,‘मन्त्री शर्माले देश र जनतालाई साक्षी राखेर म देशका लागि केही गर्छु भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ,यस अवस्थामा सरकारलाई सहजताका साथ काम गर्न दिन संसद्ले सहयोग गर्नुपर्छ।’