FLASH NEWS

समाजवादी मोर्चाको पहिलो बैठक जारी


नेपाल आवाज २३ असार २०८०, शनिबार १७:५६ मा प्रकाशित १६७५ पाठक संख्या

काठमाडौं – समाजवादी मोर्चाको बैठक जारी छ । मोर्चा घोषणा गरिएपछि शनिबार पहिलो बैठक बसेको हो । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।


बैठकमा मोर्चाको आगामी कार्ययोजना र नेतृत्वको मोडालिटीबारे छलफल हुने बताइएको छ। साथै संगठनात्मक र राजनीतिक अवधारणापत्रमाथि छलफल हुनेछ।

यसका साथै मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् ।

मार्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित छन् । मोर्चा यही असार ४ गते घोषणा भएको थियो ।