FLASH NEWS

चन्द्रमास अनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु


नेपाल आवाज २५ असार २०८०, सोमबार ११:३८ मा प्रकाशित १३१५ पाठक संख्या

काठमाडौं – चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ ।


सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो । चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ ।

सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ । साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।