FLASH NEWS

रवि लामिछानेको प्रश्न : संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ ?


नेपाल आवाज २५ असार २०८०, सोमबार १७:२० मा प्रकाशित १६८७ पाठक संख्या

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् ।


सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले सोधे, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्‍यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ?’

संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए । ‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ ?’ लामिछानेले प्रश्न गरे, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं ।’

जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । उनले संसद्लाई नेताहरूको जुँगाको लडाई नबनाउन भन्दै उनले मिटरब्याज पीडितका लागि भनेर ल्याएको अध्यादेश अन्तिम दिनमा किन ल्याइयो ? भन्दै प्रश्न गरे ।

रास्वपा खडा भएको छ । उभिएको छ । बरु अरु कुनै दलका नेता जोगाउन पो लागिरहेको छ कि ?’ लामिछानेको प्रश्न छ । उनले मिटरव्याज सम्बन्धि अध्यादेश ब्युँताउन आग्रह गर्दै रास्वपा त्यसमा तयार रहेको बताए ।