FLASH NEWS

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ


नेपाल आवाज २६ असार २०८०, मंगलवार ११:५० मा प्रकाशित १९२७ पाठक संख्या

काठमाडौं-  बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।


सरकारी जग्गा हिनामिना गरेको आरोपमा उनीहरू मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएकाे छ।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेको छ।

प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।