FLASH NEWS

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन


नेपाल आवाज २६ असार २०८०, मंगलवार १९:०४ मा प्रकाशित १३३९ पाठक संख्या

काठमाडौं – सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ ।


सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार बिहान सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौंको लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका- ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा दुर्घटना हुँदा पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।