FLASH NEWS

ललिता निवास प्रकरण : १४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


नेपाल आवाज २६ असार २०८०, मंगलवार १९:१५ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – जिल्ला अदालत काठमाडौंले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १४ जनालाई थप पाँच दिन हिरासतमै राख्ने अनुमति दिएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा रहने भएका हुन् ।

यही आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो ।

आइतबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट सरकारका उच्च पदस्थ व्यक्तिसमेत रहेका राउत पक्राउ परेका थिए । त्यसपछि मंगलबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए । गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीन जना भने छुटेका छन् । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो ।

त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।

त्यसपछि समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो।