FLASH NEWS

सीता दाहालको निधनप्रति माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने


नेपाल आवाज २७ असार २०८०, बुधबार १३:१७ मा प्रकाशित १३३३ पाठक संख्या

काठमाडौं – नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।


पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए ।