FLASH NEWS

प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटारमा


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १३:५१ मा प्रकाशित १७११ पाठक संख्या

काठमाडौं – पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ ।


शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् ।

टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए। उनीहरुले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।

नेम्बाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विमला राई, गोकर्ण विष्ट लगायत नेताहरुले प्रचण्ड निवास पुगेका हुन्।

नेम्बाङ लगायत एमाले सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि पटक पटक पारिवारिक शोक परेका बेला सधैं साथ र शुभेच्छा राखेको बताए ।

लामो समयदेखि बिरामी प्रधानमन्त्रीपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको थियो ।