FLASH NEWS

सीके राउतले गरे केन्द्रीय समिति विस्तार, प्रवक्तामा शरदसिंह यादव


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १७:५६ मा प्रकाशित १३४५ पाठक संख्या

काठमाडौं – डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।


बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।

उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ ।

पार्टीको विधानअनुसार ३५१ सदस्यीय बनाउनुपर्ने केन्द्रीय समिति तत्काललाई २१६ सदस्यीय बनाइएको सो पार्टीले जनाएको छ ।

बैठकले पार्टी प्रवक्ताको जिम्मा डा. शरदसिंह यादवलाई दिएको छ ।