FLASH NEWS

चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु


नेपाल आवाज ३० असार २०८०, शनिबार १३:३३ मा प्रकाशित १२७३ पाठक संख्या

काठमाडौं – चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई झापामा एक महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्लाको गौरिगञ्ज गाउँपालिका– १ की ५५ वर्षीय सिला बुढाथोकी रहेकी छन् ।

खेतमा काम गरेर घर फर्किएलगत्तै मोबाइलमा चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् ।

सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।